ग्रामथान गाउँपालिका विवाद : उपाध्यक्षले लगाएको ताला अध्यक्षले फुटाए !

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिँदै जाँदा तालाबन्दीको स्थितसम्म पुगेको छ । बिहीबार दिउँसो गाउँपालिका कार्यालयको लेखा शाखामा उपाध्यक्ष गुणावतीदेवी थारूले ताला लगाएकी थिइन्  । उपाध्यक्ष थारूसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले अध्यक्ष नमोनारायण माझीले आफूखुसी काम गरेको भन्दै ताला लगाएका हुन् । माझी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । लेखा शाखामा ताला लगाएपछि गाउँपालिकाको काम प्रभावित बनेको भन्दै अध्यक्ष नमोनारा...