कृत्रिम बुद्धिमता अर्थात् 'आर्टिफिसियल इन्टिलिजेन्स' (एआई) ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमा समेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ । आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक र एउटै गतिमा पढाउने शिक्षक रहने ढाँचा अब असान्दर्भिक भइसकेको छ । यसैबीच अमेरिकाको टेक्सासमा रहेकाे अल्फा स्कूलले ...