१७ पुस, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालिकोटबाट एकल सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिसमा परेको थियो ।