स्विट्जरल्यान्डको क्रान्स–मोन्टानामा आगलागी : करिब ४० जनाको मृत्यु भएको अनुमान

स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा नयाँ वर्षको पार्टीका क्रममा भएको आगलागीमा करिब ४० जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।  इटालीको विदेश मन्त्रालयले स्विस प्रहरीलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । रोयटर्सका अनुसार आगलागीमा जलेर मृत्यु भएका व्यक्तिहरूको अवस्था अत्यन्तै गम्भीर भएकाले तत्काल पहिचान गर्न नसकिएको इटालीको विदेश मन्त्रालयले जनाएको छ ।  यसअघि स्विस अधिकारीहरूले ‘दर्जनौं’ मानिसको मृत्यु भएको बताउँदै आएका थिए, तर यकिन संख्या सार्वजनिक गरेका थिएनन् । यसैबी...