दुर्गा प्रसाईं संयोजकत्वको नागरिक बचाऊ अभियानले अगाडि सारेका माग सम्बोधनका लागि प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्मको समय माग गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार भएको वार्तामा कार्कीले आइतबार सहमतिमा हस्ताक्षर गर्न प्रस्ताव गरेकी प्रसाईंले जानकारी दिए । यद्यपि प्रसाईंका मागबारे कुनै सहमति भएको छैन । ‘प्रधानमन्त्रीबाट आइतबारसम्म सहमति गरौं, त्यही दिन सम्झौता गरेर सोमबार मन्त्रिपरिषद्बाट अनुमोदन गरौं भन्ने प्रस्ताव आएको छ,’ वार्तापछि प्रसाईंले भने, ‘सहम...