कराँते टोली भारत प्रस्थान

नेपाल सोतोकान कराँते डो संघको टोली भारतको कोलकाता प्रस्थान गरेको छ । खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको ३४औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय टोली बिहीबार कोलकाता प्रस्थान गरेको हो । इन्डियन स्पोर्ट्स सोतोकान कराँते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।