काठमाण्डाै – भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । लेखकसँग सोमवार र हिजो बयान लिएको आयोगले आज स्थानहद फुकुवा गरेको हो । यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको जनाएको छ । आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गाैरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानक...