अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित ४ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार गुरुङसहित तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्सविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा खरेहास्थित ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेक्का सम्झौता बमोजिम निर्माण कार्य तोकिएको समयसीमामा सम्पन्न नभएको अवस्थामा खरिद सम्झौता अन्त्य र बाँकी कार्य बराबर...