नेपालको राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम सोनी टीभीको ‘रियालिटी शो’को फाइनलमा

नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टेलिभिजन च्यानल सोनी टीभीबाट प्रसारण भइरहेको रियालिटी शो इन्डियास गोट ट्यालेन्ट सिजन–११ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुगेको छ  । नेपाल तेक्वान्दो संघको उक्त डेमोन्स्ट्रेसन टिम हाल आगामी फाइनल प्रतिस्पर्धाका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए । फाइनल भोलि शुक्रबार हुनेछ । नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायत महोत्सवमा उत्कृष्ट प्रस्तुति गर्दै आइरहेको डेमोन्स्ट्रेसन टिमले कोरियाम...