एपीएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा

काठमाण्डाै – नेपाल एपीएफ क्लबलाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो क्वाटरफाइनलमा रुकुम पश्चिमले एपीएफलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२२ ले जितेको थियो । तर त्यसपछि रुकुम पश्चिमले लगातार दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ र चौथा सेट २५–२० ले जित्यो । प्रतियोगिताको पुरुषतर्फको चौथो क्वाटरफाइनलमा अहिले त्रिभुवन आ...