नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको छलफल स्थगित गरेका छन् । उनले बिहीबार साँझ ५ बजे महामन्त्रीद्वय थापा र शर्मालाई छलफलका लागि बोलाएका थिए । तर, अन्तिम समयमा उनीहरूलाई आज नबस्ने भन्दै जानकारी पठाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सभापतिज्यूले छलफलमा बोलाउनुभएको थियो । तर, अन्तिमा समयमा उहाँ व्यस्त भएर स्थगन गर्नुपर्यो,’ पौडेलले लोकान्तरसँग भने । पौडेलले भोलि शुक्रबारका लागि छलफल बोलाइएको पनि जानकारी दिए...