सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि साबिक विजेता एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनी प्रो र एमेच्योर दुवैतर्फको उपाधि जित्न सफल भएका हुन् । यो उनको करियरको तेस्रो उपाधि हो । प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार चार अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४ अन्डर दुई सय ७४ स्कोरसहित उपाधि जिते । जयराम श्रेष्ठले अन्तिम दिन खराब प्रदर्शन गरे । उनले बिहीबार पाँच ओ...