प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पछिल्लो समय सुनियोजित तरिकाले अदालत र न्यायाधीशहरूमाथि प्रहार भइरहेको बताएका छन् । बिहीबार सर्वोच्च अदालतले पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले समाजमा अदालतविरुद्ध घृणा र द्वेष फैलाइरहने, न्यायपालिकालाई काम गर्न नदिने अनि मिथ्या सूचना फैलाएर अदालतलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका हुन् । अहिलेको तरल स्थिति र विषम परिस्थितिमा सुनियोजित तरिकाले न्यायालय र न्यायाधीशमाथि प्रहार भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । मुद्दा हा...