काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले यही पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरहरूले काठमाण्डौमा हिजो र आज गरेको छलफलपछि कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन गर्न तयार भएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन नहुने भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु रहेको बताउनुभएको छ । महामन्त्रीद्वयले संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशनका ल...