कांग्रेसलाई 'महाधिवेशनको ज्वरो' : गगन-विश्वले हल बूक गरिसक्दा के गर्दैछ संस्थापन ?

२७ र २८ पुसमा विशेष महाधिवेशन 'हुने' विषयले नेपाली कांग्रेस भित्र र बाहिरको राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने अन्तिम तयारीमा जुटेका छन्। पार्टी केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार यसका लागि भृकुटीमण्डपमा हल बूक भइसकेको छ। स्रोतको दाबीअनुसार महामन्त्री थापा केही दिन धुलिखेल बसेर विशेष महाधिवेशनका लागि आवश्यक 'डकुमेन्ट'को काम गर्ने तयारीमा छन्। महामन्त्रीद्वयको यतिधेरै तयारीका बीच संस्थापन पक्ष पनि आत्तिएको छ। सभापत...