कांग्रेस-एमाले गठबन्धन सीधा-सीधा विचारधाराहरूको हत्या गर्ने मनसायप्रेरित स्वार्थको गठजोड हो भनेर कसैले भन्यो भने देउवा, खड्का र गगनहरूले के जवाफ दिनेछन्? यस्तो गठबन्धनले कांग्रेस विचारधारात्मक रूपमा टाट पल्टेको सन्देश पनि जानेछ। प्रजापरिषद्को बाटो अनुसरण गर्न योभन्दा बढी थप के चाहिन्छ ?