नयाँ वर्षकाे पूर्वसन्ध्यामा स्विट्जरल्यान्डकाे बारमा आगलागी

नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्यान्डको क्रान्स मोन्टानामा रहेको एक बारमा आगलागी भएको छ । आगलागीका कारण भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । अधिकारीहरूले आगलागीमा परि धेरै जनाको ज्यान गएको अनुमान गरेका बीबीसीले जनाएको छ । यस्तै घटनामा झन्डै एक सय जना घाइते भएका स्वीश अधिकारीहरूले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् । आगलागीको कारण थाहा हुन सकेको छैन, यद्यपि प्रहरीले शुरूमा विस्फोट भएको बताएको थियो । प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार स्थानीय समयाअनुसार बिहान साढे १ बजेतिर ‘ले कन्स्टेल...