सरकारले केही दिनदेखि अनसनरत डा. कमल भुसाल (निकोलस भुसाल)सँग वार्ता गर्ने भएको छ । उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ । समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल रहेका छन् । प्रधानमन्त्री कार्कीको राजीनामासहितका विभिन्न माग राख्दै उनी माइतीघर मण्डलमा अनसनमा बसेका थिए । उ...