राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरूको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राख्दै विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनसनमा बसेका डा. भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षम...