बाल्यकालमा बढी स्क्रिन समय बिताएका बालबालिकामा किशोरावस्थामा मानसिक स्वास्थ्य समस्या देखापर्ने जोखिम बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ई–बायो मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार अध्ययनले दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी स्क्रिन समयले मस्तिष्कको विकासमा दीर्घकालीन प्रभाव पार्ने देखाएको हो । यो अध्ययन सिङ्गापुरको ए स्टार इन्स्टिट्यूट र नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका अनुसन्धाताहरूले एक दशकभन्दा बढी समयसम्म बालबालिकालाई अनुगमन गरेर गरेका हुन् । अध्ययनका अनुसार शिशुहरूमा बढी स्क्रिन समयले मस्तिष्कको सञ्जा...