काठमाण्डाै – सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक शिशुको ज्यान गएको छ । अरू तीन जना बेहोस भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा १२ बिरुवाबारीमा भाडामा बस्ने गोपी बुढाको कोठामा ३८ दिनको शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै भेरीगङ्गा नगरपालिका–२ का स्थायी बासिन्दा गोपीकी श्रीमती तारा बुढा, उहाँकी भदैनी सङ्गम बुढा र छोरा प्रकाश बुढालाई निस्सासिएर बेहोस अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ । भेरी अस्पतालमा उपचार भइरहेका उनीहरूको अवस्था सामान्य हुँदै गएको छ । बि...