सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा ६ महिना कैद सजाय तोकिएका राजकुमार तिमल्सिना जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट भागेको तथ्य खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की प्रहरीको सहयोगमा तिमल्सिनालाई पोखराबाट पक्राउ गरेको हो । गत साउन चार गतेदेखि कैद भुक्तानका लागि सुन्धारा कारागार पठाइएका तिमल्सिना भदौमा जेलबाट भागेका थिए । पछिल्ला दिनमा तिमल्सिनाले पुन: समग्र न्यायालय र न्यायाधीशहरूमाथि चरित्र हत्या तथा म...