मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्यामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीविरुद्ध मोरङ जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोगपत्रमा अभियुक्त अधिकारीलाई मुलुकी अपराध संहिता बमोजिम आजीवन कारावास र सात लाख रूपैयाँ जरिवानाको मागदाबी गरिएको छ । अधिकारी अंशुका छिमेकी हुन् । पदमले बालिकालाई ललाई–फकाई जङ्गल पुर्याएर गत असोज २१ गते वीभत्स हत्या गरेका थिए । अभियुक्त अधिकारीले हत्याका पछाडि पुरानो रिसइबी र तत्कालको यौन आवेगलाई मुख्य कारणका रूपमा बयान दि...