नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् । बिहीबार साँझ संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले यसअघि निर्धारित १५ औं महाधिवेशन स्थगित भएको घोषणा गरेका हुन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचनामार्फत् स्थगित गरिएको जानकारी गराइन्छ’, वक्तव्यमा भनिएको छ । अब विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको उनीहरूक...