घिमिरे अलग भएको दुई दिनमै पौडेलले सार्वजनिक गरे ‘हामी सँगै छौं’ भन्दै तस्बिर

 एमाले युवा नेता वासुवेद घिमिरेले पार्टीबाट अलग भएको घोषणा गरेको दुई दिनपछि पार्टी उपाध्यक्ष विष्णु पौडेलले घिमिरेसँगै रहेको भन्दै तस्वीर सार्वजनिक गरेका छन्। पार्टीको राजनीतिक अवस्था बुझ्न बिहीबार बुटवल पुगेका पौडेलले पूर्व सांसदसमेत रहेका घिमिरे, केही जनप्रतिनिधि र जिल्ला नेताहरूसँगको सामूहिक फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौं’ लेखेका हुन्। विगतमा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद घिमिरेले मंगलबार आफू एमालेबाट अलग भएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जा...