विष्णु पौडेलले रोके पार्टी छाडेर जान लागेका घिमिरेलाई

 एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार बुटवल झरेर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलमा बसेका थिए । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् । पौडेलसहित नेताहरूबीच भएको छलफलपछि घिमिरेले तत्काल एमाले छाडेर कतै नजाने निष्कर्ष निकालेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, ‘पार्टी...