दुई महामन्त्रीले महाधिवेशन स्थगितको घोषणा गरेपछि कांग्रेसले बोलायो बैठक

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । शुक्रबार  दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपमा बस्नेगरी बैठक बोलाइएको हो ।  सभापति शेरबहादुर देउवाले निकटस्थसँग छलफल गरेपछि पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्तिमार्फत शुक्रबारका लागि बैठक बोलाइएको जानकारी गराएका हुन् ।  उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।  निर्धारित मितिमा नियमित महाधिवेशन नहुने देखिएपछि बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माल...