रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको युक्रेनी ड्रोन खसालिएको क्रेमलिनको दावी

राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दावी गरेको छ । नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पु्टिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ। मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान (ड्रोन ) मा लोड गरिएको फ्लाइट मिशन फाइल निकाल्न सफल भएका र विमानको तथ्याङ्कको विश्लेषणले नोभगोरोड क्षेत्रमा राष्ट्रपति निवासको कुनै एक भागलाई निशाना बनाएको देखाएको छ।...