सुर्खेत वीरेन्द्रनगर–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट रु ८१ हजार रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उनको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाए । घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा परे । अब हराएको रकम काहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन । निरास भएर साँझमा घर फर्किएका उनले अब हराएको रकम नत घरको गर्...