सर्वपक्षीय सहमतिपछि सुनसरी लौकहीको अवस्था सामान्य

सुनसरी – सशस्त्र प्रहरीको गोली प्रहारबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका विजय साहको ज्यान गएपछि हिजो दिनभरजसो तनावग्रस्त बनेको लौकही साम्य भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि लौकहीको अवस्था सामान्य भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परि...