नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपमा बस्नेगरी बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाले निकटस्थसँग छलफल गरेपछि बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफल स्थगित गरेका थिए । उनले बिहीबार साँझ ५ बजे महामन्त्रीद्वय थापा र शर्मालाई छलफल...