काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिविनै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन् । महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई ...