स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको ज्यान गएको छ । एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् । डाक्टरहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । बारमा आगलागी हुँदा त्यहाँ क...