पश्चिमी वायुको आंशिक प्रभावले तराई भू–भागका अधिकांश स्थानमा आज हुस्सु तथा कुहिरो लाग्ने छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णा...