नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो । यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले...