तराईका केही ठाउँमा हिजोदेखि घाम लाग्न थाल्यो, काठमाण्डौमा आंशिक बदली

काठमाण्डौ – लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका केही ठाउँहरुमा हिजोदेखि घाम लाग्न थालेको छ । आज पनि तराईका धेरै ठाउँको आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । घाम लागेसँगै केही दिनदेखि बढेको अत्यधिक चिसो पनि केही कम हुने अपेक्षा गरिएको छ । तराईमा हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेपछि धेरै विद्यालयहरू बन्द छन् भने दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ । घाम लागेसँगै बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गर्नेहरूले राहत महसुस गरेका छन् । काठमाण्डौ उपत्यकामा ...