नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको विद्यमान समस्याको समाधान केवल निर्वाचन र नयाँ सरकार गठनले मात्रै नहुने बताएका छन् । अंग्रेजी नयाँ वर्ष तथा आगामी निर्वाचनको सन्दर्भमा गएराति एक भिडियो सन्देश जारी गर्दै थापाले नेपालको समस्या निकै जटिल र संरचनागत रहेकाले यसलाई सानोतिनो कार्यकारी निर्णयले मात्र सुधार्न नसकिने उल्लेख गरेका हुन् । महामन्त्री थापाले वर्तमान राजनीतिक प्रणाली र शासकीय स्वरूपमा रहेका कमजोरीका कारण भ्रष्टाचार बढेको र सुशासन कायम हुन नसकेको स्वीकार गरेका छन् । विशेषगरी समानुपातिक निर्व...