नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । आगलागीमा सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । मृतक र घाइतेहरूको राष्ट्रियताबारे कुनै स्पष्ट जानकारी जारी गरिएको छैन। अधिकारीहरूले घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको बताएका छन् भने अन्यको अन्य अस्पतालहरूमा उपचार भइरहेको छ। दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स-मोन्टानामा रहेको ले कन्स्टेलेसन बारमा यो घटना भएको थियो, जहाँ मानिसहरू उ...