‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपमा बस्नेगरी बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाले निकटस्थसँग छलफल गरेपछि बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार सभाप...