औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सरकारको स्वामित्वमा रहेको उक्त लिमिटेडले स्वीकृत दरबन्दीअनुसार रिक्त पद पूर्ति गर्न लोक सेवा आयोगको सहमति र पदपूर्ति समितिको निर्णयअनुसार सूचना जारी गरेको हो। सूचना अनुसार अधिकृत, बरिष्ठ सहायक, सब–इन्जिनियर (सिभिल तथा इलेक्ट्रिकल), कार्यालय सहायक तथा सहायक (प्राविधिक) लगायतका पदमा आवेदन माग गरिएको छ। पदहरू प्रशासन र प्राविधिक सेवा समूहअन्तर्गत रहेका छन्। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गरिने ज...