काठमाण्डौ – बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन अनुसार बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, एमटी क्वाइन जस्ता अभौतिक मुद्रा र सम्पत्ति किनबेचको लागि बैंकिङ खाताको प्रयोग भएको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०२१ मा १३ वटा यस्ता जोखिम देखिएकोमा सन् २०२४ सम्म आइपुग्दा यो संख्या बढेर २ सय ५२ पुगेको छ । यस्ता शंकास्पद गतिविधिमा संलग्न हुनेहरूमा युवा अर्थात २...