चुनावको अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावमा अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन सम्बद्ध पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ । चुनावमा निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनेको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणप...