१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेलगत्तै उक्त समूहले पत्रकार सम्मेलन गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधर समूहले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयमा मा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ […]