आर्थिक क्रियाकलाप अघिल्लो वर्षभन्दा सकारात्मक

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक क्रियाकलाप बढेको जनाएको छ । केही निकायले आर्थिक वृद्धिदर कमजोर हुने अनुमान गरे पनि राष्ट्र बैंकले वृद्धिदर औसतभन्दा राम्रो रहने बताएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार यसवर्ष मुद्रास्फीति कम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धन र खाद्य वस्तुको मूल्य घट्नु, ब्याजदर घट्दै जानु, जलविद्युत् उत्पादन बढ्नु, पर्यटक आगमन बढ्नु तथा निर्यात र विप्रेषण वृद्धि हुनु यसको मुख्य कारण हुन् । पछिल्ला वर्षमा सु...