अंशु गौतम हत्या प्रकरण : पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान

१८ पुस, विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । […]