पैसा धेरै हुँदा पनि समस्या: बैंकहरूमा खरबौँ थुप्रियो, लिने कोही छैन !

नेपालको बैंकिङ प्रणालीमा निक्षेप संकलन इतिहासकै सर्वाधिक पुगेको छ । चालू आर्थिक वर्षको पुस दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन हालसम्मकै उच्च पुगेको हो । पुस १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७६ खर्ब पुगेको छ, जुन नेपालको बैंकिङ इतिहासकै सबैभन्दा बढी हो ।    योसँगै बैंक तथा वित्तीय संस्थाहरूको लगानी योग्य रकम अर्थात् कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७४.०८ प्रतिशत रहेको छ । बैंकहरूले सीडी रेसियो ९० प्रतिशतसम्म कायम राख्न सक्ने व्यवस्था छ । अर्थात् बैंकहरूले कूल निक्षेपको ९० ...