विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए

काठमाण्डौ – देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०२४ को तुलनामा झन्डै ११ हजारले बढी हो । सन् २०२४ मा जब ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए । गएकाे भदौ २३/२४ को नवयुवा आन्दोलनपछि पनि पर्यटक आगमनमा कमी नआएको बोर्डको तथ्याङ्कले देखाएको छ । कात्तिक १५ देखि मंसिर १६ गतेसम्मको अवधिमा ९८ हजार ...