निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले  ठक्कर दिँदा निजको ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाब...