सुर्खेतका प्रेमबहादुरको इमानदारिता : बाटोमा भेटिएको ८१ हजार रूपैयाँ दिए फिर्ता

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट ८१ हजार रुपैयाँ रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उहाँको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाउनुभयो ।  घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा पर्नुभयो । अब हराएको रकम कहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन ।  निरास भएर...