प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन

वैकल्पिक शक्तिको केन्द्र मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूची यतिबेला विवादित छ । उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको रास्वपाले त्यसबाट निर्वाचित भएकालाई पाखा लगाएर सेलीब्रेटीहरुलाई स्थान दिएको आरोप छ । पुराना दलमा झैँ एलीटकै कब्जामा समानुपातिक सूची पर्‍यो भन्दै प्रश्न उठिरहेका छन् । यसबाटै पीडित पात्र हुन्, विजय जैरु । उनी रास्वपाको प्राइमरी […]